Rule 8
औषधिको नमूना
(१) नियम ३ बमोजिम निरीक्षण, जाचबुझ तथा खानतलासी गर्दा वा नियम ५ बमोजिम कुनै औषधि रोक्का राख्दा निरीक्षकले त्यस्तो औषधिको नमूना लिनेछ ।
(२) उपनियम (१) बमोजिम औषधिको नमूना लिंदा निरीक्षकले परीक्षण वा विश्लेषण गराउने प्रयोजनको लागि विभागबाट तोकिदिएको मात्रामा नघटाई त्यस्तो औषधिको नमूना लिनु पर्नेछ ।
(३) औषधिको नमूना लिंदा निरीक्षकले त्यस्तो नमूना सम्बन्धित औषधि धनी वा निजको प्रतिनिधिलाई दिन, परीक्षण वा विश्लेषणको लागि विश्लेषककहा पठाउन र विभागमा समेत राख्नको लागि छुट्टा छुट्टै भा“डोभित्र राखी सीलबन्दी गर्नु पर्नेछ ।
(४) निरीक्षकले यस नियम बमोजिम विश्लेषक कहा“ र विभागमा पठाउनको लागि लिएका औषधिको नमूनाहरुको प्रचलित मोलको रकम दिई लिनेछ ।